• गृहपृष्ठ
  • चौधौं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

चौधौं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

Oct 12th, 2019

काठमाडौ जेठ ३० 
सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ भएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइललगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।
बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भन्नुभयो, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उहाँहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गर्नुभएको छ । दुबै प्रोपराइटरहरु भन्नुहुन्छ ‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनुहुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’ नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ । ‘१४ औँ सामसङ्गडिजिटल प्लाजा बुटवलमा शुभारम्भ गर्दा हामी गर्व गर्छौ । बुटवलमा केहि समय अगाडिनै सामसङ्गडिजिटल प्लाजा खोल्ने लक्ष्य बनाएको भएपनि अहिले आएर हाम्रो उदेश्य पूरा भएकोमा हामी हर्षित भएका छौँ । हामीसँग सहकार्य गरेर सहयोग पु¥याउनु हुनेसम्पुर्ण पार्टनर तथा भगवती मल्टिसप्लायर्सको भविष्यप्रति हाम्रो तर्फबाट हार्दिकता प्रकट गर्दछौं’, कम्पनीका प्रतिनिधिले भन्नुभयो ।