गोल्डेन ओकको अद्भूत रेकर्ड

Oct 12th, 2019

काठमाडौ जेठ १९ 
गोल्डेन ओक ब्राण्डले यस वर्ष १० लाख कार्टुन बिक्रीको अद्भूत रेकर्ड कायम गरेको छ । यस परिमाणको विक्रीले यस उद्योगको उत्पादन प्रति उपभोक्ताहरुको विश्वसनीयताका साथै उत्पादित मदिराको गुणस्तर समेत अब्बल रहेको पुष्टि भएको कम्पनीको दाबी रहेको छ ।
जावलाखेल ग्रुपअफ इण्डस्ट्रिज प्रा.लि.को व्यवस्थापनमा संचालित हिमालयन डिष्टिलरी लिमिटेड एक स्थापित उद्योग हो । यस उद्योगबाट उत्पादन गरिंदै आएका मदिराजन्य उत्पादनहरुले नेपाली बजारमा आफ्नो भिन्न पहिचान कायम गरेका छन् । यी नै उत्पादनहरु मध्येको एक उत्पादन हो गोल्डेन ओक । गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिइन्छ । उच्चस्तरीय कच्चा पदार्थहरुको मिश्रणका साथ अग्राखका ठेकीहरुमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलीपनाको मिठास लुकेको कम्पनीले जनाएको छ । ४० यु.पी शक्तिको समुहको यो ब्राण्डको मदिरालाई सरसताका साथ ग्रहण गर्न सकिने उपभोक्ताहरुको भनाई छ । गोल्डेन ओक व्राण्डको माग वजारबाट विभिन्न विक्रेताहरुबाट आइरहेको हुनाले सो मागलाई सर्व सुलभ तरिकाबाट परिपूर्ति गर्न यस जावलाखेल गु्रपअफ ईण्डष्ट्रिज प्रा.लि.बाट व्यवस्थापन गरिएका अन्य सदस्य उद्योगबाट समेत उत्पादन तथा विक्री वितरणको कार्य सुचारु गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । जावलाखेल ग्रुपअफ इण्डस्ट्रिजले आफ्नो विभिन्न सदस्य उद्योगहरुसँग मिलेर स्वदेशी लगायत विदेशका प्रचलित ब्राण्डका मदिरा तथा बीयरहरुको नेपालमा उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने कार्यमा प्रयासरत रहेको जानकारी कम्पनीबाट दिइएको छ ।