• गृहपृष्ठ
  • भोल्भो पेन्टाको आधिकारी बिक्रेता पञ्चकन्या

भोल्भो पेन्टाको आधिकारी बिक्रेता पञ्चकन्या

Oct 12th, 2019

काठमाडौं, जेठ १८ 
नेपालमा औद्योगिक विकासको साथै मेरीनका उत्पादक सामग्रीलाई नेपालमा सेवादिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको एक्सप्लोर अर्थ मुभर्स प्रालिसंग सहकार्य गरी आधिकारीक रुपमा  सेवा सञ्चालन गरेको छ ।
नेपालको विकास तथा प्रबद्र्धन गर्नको लागि यसले एउटा सफल तथा भरपर्दो सहयोगीको रुपमा स्थापित गरेको दाबी सो कम्पनीको रहेको छ । जसले नेपालका विभिन्न क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउन सहयोग पुग्ने पनि दाबी गरिएको छ । भोल्भो पेन्टा भारतका प्रमुख तथा उपाध्यक्ष माईरोन थोमसले भन्नु भयो ,‘भोल्भो ब्राण्ड एउटा प्रतिष्ठित कम्पनीहो, जसले पूर्ण रुपमा सदैब सहयोग गर्ने अपेक्षा राख्दछौं यस कारण हामी नेपालमा सम्पूर्ण रुपमा ग्राहकलाई सेवा तथा हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ एक्सप्लोर अर्थ मुभर्स प्रालिद्वारा सम्पूर्ण सेवाहरु काठमाडौंबाट सञ्चालन हुनेछन् भने भोल्भो पेन्टाका सबै पार्टस् तथा सर्भिस ललितपुरबाट उपलब्ध हुने जनाएको छ । कम्पनीले यसका शाखाका रुपमा छिट्टै देशका अन्य भागमा बिस्तार गर्ने योजना रहेको जनाएको छ । 
सो कम्पनीसंग पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स एउटा भोल्भो निर्माणका उपकरणको आयात गर्ने डिलरको रुपमा रहेको जनाइएको छ । जसले विभिन्न किसिमका निर्माण व्यवसायका क्षेत्रमा योगदान पु¥याउदै आएको छ । एक्सप्लोर अर्थ मुभर्स प्रालिका प्रबन्ध निर्देशक सुशील श्रेष्ठले भने,‘ विश्वको प्रशिद्ध कम्पनी भोल्भो पेन्टासंग आबद्ध भई हामी मेरीनका उत्पादक सामग्रीलाई नेपालको विकासमा सम्पूर्ण रुपमा सहयोग तथा सेवा उपलब्ध गराउने अपेक्षा गर्दछौं ।’ भोल्भो पेन्टा एउटा विश्वकै प्रतिष्ठित कम्पनी हो जसले विभिन्न निर्माणका उपकरणहरु निर्यात गर्दछ । यसका साथै कृषिका यान्त्रिक सामग्री, निर्माणका उपकरण, उर्जा उत्पादनका सामग्री, जहाजका उपकरणहरु तथा विभिन्न निर्माणका उपकरणको उत्पादन गर्दछ । भोल्भो पेन्टा पनि एबि भोल्भो ग्रुपको भाग हो जसले लाखौ इकाईहरु विश्वका १३० देशमा ३५०० भन्दा बढी डिलरका रुपमा सेवा प्रदान गर्दै आएको छ । यसैगरी भारतमा विगत २० वर्षदेखि ३५०० भन्दा बढी कर्मचारीहरु विभिन्न तीन वटा ठूला व्यवसाय स्थापना गरी आफ्नो सेवालाई फैलाउदै विश्वव्यापी रुपमा सेवा प्रदान गरी राखेको सो कम्पनीले जनाएको छ ।