• गृहपृष्ठ
  • म्यागाटो बेल्जियमका उत्पादन नेपाली बजारमा

म्यागाटो बेल्जियमका उत्पादन नेपाली बजारमा

Oct 12th, 2019

काठमाडौ जेठ ५
म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ ।


विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु बिक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु बिक्रि वितरण गर्दै आइरहेको छ । यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कमबिजुली लागतमा बढि उत्पादन गर्नसक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादकतत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्रि प्रमुखहरुको उपस्थित रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रि म्यानेजर (साउथएसिया) दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलडर बिक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो । साथै अरभिन्द इम्पोरियमको तर्फबाट संचालक विश्वनाथ गोयल, सुरेन्द्र कुमार गोयल तथा कार्यकारी संचालक बन्टि जैनको सहभागिता रहेको थियो । सोही कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरुको बारेमा बताएका थिए । साथै यस अत्याधुनिक प्रविधिबाट नेपाली सिमेन्ट जगतमा हुने फाईदाको बारेमा समेत प्रष्ट पारेका थिए । यस म्यागाटो इन्डिया प्रा.लि.ले आफ्नो उत्पादनको बिक्रि वितरण गर्न नेपालका लागि आधिकारीक बिक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रा.लि.लाई नियुक्त गरेको छ ।