स्प्राइटले ल्यायो नयाँ अभियान

Oct 12th, 2019

काठमाडौं, जेठ ३
लेमन–लाइम खण्डको देशकै प्रतिष्ठित पेयपदार्थ ब्राण्ड स्प्राइटले ‘स्प्राइट लगाऔँ, प्यास बुझाऔँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उपभोक्ता माझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राइटले गर्मीयाममा उपभोक्तालाई कुल राख्ने कम्पनीको दाबी छ ।
स्प्राइटले यससम्बन्धी टीभीसी पनि सार्वजनिक गरेको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले स्प्राइटले प्रतिकूल अवस्थामा पनि मानिसलाई रिफ्रेस पार्ने दाबी गरे । यसलाई ग्राहकले अझै रुचाउने कम्पनीको आशा छ । स्प्राईटको यस टिभीसीले त्यस्ता व्यक्तिहरुको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिहरुलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्ता परिस्थितिलाई प्रदर्शन गर्दै स्प्राईटले टिभीसी सार्वजनिक गरेको छ जसमा केहि व्यक्तिहरु गर्मीे याममा सरकारी कार्यलयको अगाडि लाईनमा बसिरहेका छन् । ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यहीँ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राईट बोकेका छन् । त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधै झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउँदै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यहीँ भिडको शुरुमै उभिएका अनमोल केसी (यस टिभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राईटको बोतल निकालेर एक घुट्को पिउँछन् । त्यसपछि उनी सिधै कर्मचारी भएको ठाँउमा गएर सीसीटिभीको निग्रानिमा भएको ज्ञात गराउँछन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउछन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुन सुकै परिस्थीतिमा काम लाग्ने एक मात्र आईडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थीतिमा पनि दिमागलाई सचेत राख्दछ ।