एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

Oct 12th, 2019

काठमाडौंंं, बैशाख ३१
काम विशेषले नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । 
एनसेल प्रा.लि.ले बैशाख ३१ देखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र  एक सय १० रुपैयाँ (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदालिन सक्नेछन् । स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्तहुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । ‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार ४९० रुपैयाँ देखि एक हजार ९६० रुपैयाँसम्मका विभिन्न समय सिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिदगर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् । 
पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहितमात्र ४९० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले  मिडियम तथा हेभि प्याकलिन सक्नेछन् । मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित ९८० रुपैयाँमा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्ने छन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित एक हजार ४७० रुपैयाँमा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ । नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढि चाहिने ग्राहकले कर सहित मात्र एक हजार ९६० रुपैयाँमा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समय सिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याकग्राहकले एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । शुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनिलिन सकिनेछ । यो सिमलिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइजफोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।