• गृहपृष्ठ
  • सामसङको ग्यालेक्सी ए टु कोर नेपाली बजारमा

सामसङको ग्यालेक्सी ए टु कोर नेपाली बजारमा

Oct 12th, 2019

काठमाडौ बैशाख ३०
सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइनअन्तर्गत ग्यालेक्सी ए टु कोर नेपाली बजारमा प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभ दरमा  ग्यालेक्सी ए टु कोर प्रस्तुत गरेको हो । 
‘हामी सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध छौ जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्राग्राहकको आवश्यकता पूर्ण गरोस् । ग्यालेक्सी  ए टु कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ,’ सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भन्नु भयो । यसमा ५४० ९६० पिक्सल तथा १६ः९ को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ । ग्यालेक्सी ए टु कोर मा ५ मेगापिक्सलको क्यामराको साथ सामसङको एक्स्वेनोस ७८७० ओक्टा कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनमा १६ जिबीको स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता वृद्धि गरी सहजै रुपमा शेयर, स्ट्रीम तथा गेमहरु खेल्ने स्वतन्त्रता प्राप्त गर्न पनि सकिने कम्पनीले जनाएको छ । यसको डिस्प्ले १२.६४ सि एम को रहेको छ । यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा दुई हजार छ सय मेगाहर्जको व्याट्री रहेको छ । ग्यालेक्सी ए टु कोर को मुल्य नेपाली बजारमा नौ हजार तीन सय ९० रुपैयाँ रहेको छ ।  ग्यालेक्सी ए टु कोर आकर्षक तिन रंगमा नेपालअधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।