• गृहपृष्ठ
  • महाराजगन्जमा ‘प्रेसिडेन्ट सेकुवा’ सञ्चालन

महाराजगन्जमा ‘प्रेसिडेन्ट सेकुवा’ सञ्चालन

Oct 12th, 2019

काठमाडौ बैशाख २६
राजधानी काठमाडौँको महाराजगन्जमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ ।
विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नयाँ शाखा काठमाडौँको महाराजगन्जमा सञ्चालनमा ल्याएको हो । राजधानी काठमाडौँमा ७ वटा र चितवनमा १ वटा शाखासहित चर्चीच बनेको “प्रेसिडेन्ट सेकुवा” को नवौँ शाखाको चर्चीत हास्य कलाकार एवं धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले औपचारीक रुपमा उद्धघाटन गरेका छन् । स्वभाविक मेनु र हाईजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उद्देश्यका साथ काठमाडौको महाराजगन्जमा नवौँ शाखा ग्राहकवर्गहरुको माग अनुसार संञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताउनु भयो । सो अवसरमा धुमुर्सले बोल्दै फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताउदै नेपालीमा नै केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रेसिडेन्ट सेकुवा भएको बताउनु भयो । २०६३ सालदेखि सुन्धारा सञ्चालनमा आएको यो ग्रुपले अहिलेसम्म प्रत्यक्ष रुपमा १५० र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारको सेवा प्रदान दिदै आएको अध्यक्ष भण्डारीले बताउनु भयो । फरक शैली पारिवारिक वातावरणमा रहेको सेकुवाले नेपालमै रोजगार सिर्जना गरी आय  आर्जनमा लाग्न पनि सबैलाई अनुरोध गरेको छ । बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा बिस्तार गरेको  सञ्चालक कृष्ण भण्डारीले बताउनु भयो । प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्क्षित गर्ने अध्यक्ष भण्डारीको दावी छ । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने बताइएको छ  । कार्यक्रममा काठमाडौँ महानगरका वडा ४ का वडा अध्यक्ष महेश विष्ट लगायतले रेष्टुरेन्टका बारेमा प्रकाश पार्नु भएको थियो । 
रगंशाला बनाउन ७५ हजार रुपैयाँ सहयोग
साथै होटल प्रेसिडेन्ट सेकुवाले धुर्मुश सुन्तली फाउन्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार पनि प्रदान गरेको छ । धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई आजै अध्यक्ष भण्डारीसहित ग्रुप परिवारले सो रकम हस्तान्तरण गरेका थिए ।