भीभो एपेक्स २०१९ नेपालमा

Oct 12th, 2019

काठमाडौ बैशाख २६
भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो । इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी निरन्तर विभिन्न आविश्कारीक प्रविधिहरुको बिकास र बिस्तारमा लागिरहेको कम्पनीले मोबाइल उद्योगमा नै नेतृत्वदायीरुपमा पहिलो पटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी विकास गरेको हो । कम्पनीले हालसम्म १ करोड भन्दा बढि इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग स्मार्टफोनहरु बिक्री गरिसकेको छ । भीभो एपेक्समा भएको सूपर यूनिबडि डिजाइनले कम्पनीले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको छ । किनकी स्मार्टफोनको सबैभन्दा धेरै प्रयोग हुने र देखिने भनेकै डिस्प्ले हो । यो फोनको डिजाइनले गर्दा स्मार्टफोन समात्न सजिलो हुन्छ भने फोनसँग अन्तरक्रिया सजिलोसँग गर्न सकिन्छ । कम्पनीले यहि स्मार्टफोनको कन्सेप्टको आधारमा भीभो एक्स २० प्लस, भीभो एक्स२१, भीभो नेक्स, भीभो भी ११, नेक्स ड्यूल डिस्प्ले एडिसन र हालै नेपालमा सार्वजनिक गरिएको भी १५ सिरिजकास्मार्टफोनहरुमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी प्रयोग गरेको छ । यसमा राखिएको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजीद्धारा एक टचमा नै प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न सक्नुहुन्छ । त्यसको लागि प्रयोगकर्ताले आफ्नो हातको औंलाको फिंगरप्रिन्ट स्क्यान गरेर प्रयोग गर्नुपर्दछ । भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।
भीभो एपेक्सले चार्जिंग र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ । डुप्लेक्स पिसीबी डिजाइन शक्तिशाली फोनहरुमा पनि देखिने सिमित इन्टरनल स्पेसलाई एपेक्स २०१९ ले नयाँ समाधान दिएको छ । एपेक्स २०१९ मा सबै स्लटहरुलाई हटाउँदा यो ५जी प्रविधिको स्मार्टफोन बनेको छ । तर ५जी मोड्यूलको लागि निकै ठूलो स्पेस आवश्यकता पर्दछ । तर भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै यूनिबडी ५जी फोन बनेको छ ।
यो डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेसमा वृद्धि गर्दछ । यसका साथमा भीभोका इन्जिनियरहरुले अन्य जोखिमहरुलाई घटाउनुका साथै पावर र सिग्नललाई सुनिश्चितरुपमा एकिकृत गरेका छन् । यो डिजाइनले गर्दा समग्र मोड्यूलको मोटाईमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको छ ।
लिक्विड कुलिंग टेक्नोलोजी ५जी फोनहरुले ४जी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्दछन्, जसले गर्दा फोन तात्ने समस्या देखापर्दछ । तर एपेक्स २०१९ ले यो चुनौतीलाई सहजै जवाफ दिएको छ र कम्पनीले लिक्विड कुलिंग टेक्नोलोजी ल्याएको छ । उच्च क्षमताको विकास गर्न फोनमा अल्मुनियम एलोए फ्रेम र मल्टि लेयर ग्राफिटे हिट रेडिएसन प्लेटको प्रयोग गरेको छ । एपेक्स २०१९ मा ठूलो साइजको भ्यापर चेम्बर प्लेट प्रयोग गरिएको छ । जतिबेला तापक्रम बढ्छ लिक्विडले हिटलाई समाहित गर्दछ, भने जतिबेला तापक्रम घट्द वाफ लिक्विडमा परिणत हुन्छ र हिटलाई छोड्छ । यो चक्र निरन्तर आफैं संचालन हुन्छ र फोनलाई तात्नबाट जोगाउँछ । एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपहरु भन्दा यसको हिट एरिया ४देखि ६ गुणा अधिक रहेको छ ।
सिएमएफ भीभोले ‘लेस डिजाइन, मोर टेक्नोलोजी’को दर्शनलाई पछ्याउँदै आएको छ । त्यसैले कम्पनीले सूपर यूनिबडी डिजाइनको महशुस गरेको जनाएको छ । स्मार्टफोनको ग्लास ब्याक कभर कलरको लागि कम्पनीले निकै साधारण र प्राकृतिक कलरको छनौट गरेको छ । क्वर्ज ह्वाइट कलरले ग्लासको प्राकृतिक पारदर्शितालाई प्रदर्शन गर्दछ । टाइटन सिल्भर र मेटिओर ग्रे कलरले उच्चतहको प्रविधिको अनुभूत गराउँछ । समग्रमा यसको लूक शुद्धता, प्राकृतिक र सामान्य देखिन्छ ।
कभ्र्ड सर्फेस वाटरड्रप ग्लास जून कम्पनीले डिजाइन गरेको छ त्यो अहिलेसम्म कुनैपनि अन्य मोबाइल फोन उत्पादनहरुमा प्रयोग नगरिएको कम्पनीको दाबी छ । परम्परागत हट बेडिंग ग्लास प्रकृयागत प्रविधिले यस्तो आवश्यकतालाई पुरा गर्न सक्दैन् । त्यसैले भीभोले यो कम्प्लेक्स प्रविधिमा आफ्नो दक्षता देखाउँदै फूल सिएनसी इन्टिग्रेटेड ग्लास सेपिंग, इन्टिग्रेटेड ग्लास ग्राइण्डिंग, र इन्टिग्रेटेड पिगमेन्ट कोटिंगद्धारा एपेक्स २०१९ लाई बजारकै सबैभन्दा एडभान्स प्रडक्सन टेक्निंकका साथमा प्रदर्शन गरेको छ । त्यसैले भीभो एपेक्स २०१९ मा प्रयोग गरिएका प्रविधि तथा आविश्कारहरु अहिलेसम्मकै उच्च तहका छन जसले गर्दा एपेक्स २०१९ ले कम्पनीको कल्पनालाई यर्थायमा परिणत गर्न सफल भएको कम्पनीको दाबी छ ।
पावरफुल परफरमेन्स
एपेक्स २०१९ क्वालकम स्न्यापड्रागन ८५५ प्लेटफर्ममा आधारित रहेको छ । जसमा अहिलेसम्मकै उच्च स्तरको र्याम र स्टोरेज रहेको छ । फोनमा १२ जीबी र्यामका साथमा २५६ जीबी स्टोरेज रहेको छ । यो यूजरको क्षेत्रबाट हेर्दा ५जी फोनको रुपमा नै रहेको छ ।