• गृहपृष्ठ
  • जोनीवाकरको नयाँ ह्वाइट वाकरस्कच बजारमा

जोनीवाकरको नयाँ ह्वाइट वाकरस्कच बजारमा

Oct 12th, 2019

काठमाडौ बैशाख ११ 
जोनीवाकरले एचबिओ र गेम अफथ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनीवाकरको नयाँ ह्वाइट वाकरस्कच बजारमा पेश गरेको छ । केही सीमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो–‘गेम अफ थ्रोन्स’ ह्वाइट वाकर्सका अत्यन्त रहस्यमय एवं निडर चरित्रहरुको उत्प्रेरणामा गरिएको हो । 
नाइट किङद्वारा नेतृत्व गरिएको ह्वाइट वाकर्सका अनडेड सेनाको जन्म कठाँग्रिएको उत्तरी भेगबाट तिनीहरुसँगै ल्याएको चिसो जाडोबाट भएको हो । अब सीमित संख्याको ह्वीस्कीले तिन्कै चिसो संसारलाई प्रस्तुत गरिएको छ । ह्वीस्की विज्ञ जर्ज हार्परले जोनीवाकरको दक्ष ब्लेण्डरहरुको सानो टिमको साथमा सिर्जित यो नवीनतम् ह्वीस्की ह्वाइट वाकर्सको ठण्डापनको उपस्थिति जगाउन फ्रिजरबाट सिधै वितरण गर्दा अझ बढी उत्कृष्ट हुनेछ । तापक्रम–संवेदनशील मसि प्रविधिको उपयोग गरिएकोले जब चिस्याहटमा गरिन्छ तब बोतलमा देखा पर्ने नसोचिएको हिमचित्रले फ्यानहरुलाई हिउँदे यामको संझना गराउनेछ । स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्शसहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अतिउत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसकाएकल माल्टहरुको गुणहरु भरिएका छन् । ब्लेण्डर जर्ज हार्परले जोनीवाकरको ह्वाइट वाकर सिर्जना गर्नका लागि आफ्नो प्रारम्भिक चरण स्वरुप कठाँग्रिएको उत्तर स्कटल्याण्ड प्रयोग गरेका छन् । उनले भने ‘क्लाइनलिसका ह्वीस्कीहरुले धेरै समयसम्म स्कटिस हिउँदहरु सहेका हुन्छन्, यसैले उक्त स्थान यसप्रकारको अद्भूत ह्वीस्कीसिर्जना गर्न एकदम सही चयन थियो ।’ नेपालमा यो जोनीवाकरको सीमित संख्याको प्रकाशन ल्याउन लागेको बताईएको छ । अप्रिल १४ देखि पहिलो शृँखला शुरु भएसँगैं यो समय यसलाई यतिखेर प्रस्तुत गर्न अत्यन्त सही रहेको बताईएको छ । जोनीवाकरको ह्वाइट वाकर विश्वव्यापी रुपमा उपलब्ध छ र नेपालमा ७५० मिलि (४१.७%) को लागि अधिकतम मुल्य पाँच हजार चार सय रुपैयाँ कायम गरिएको छ ।रासस