• गृहपृष्ठ
  • बुद्ध पावर कम्पनीद्धारा अनलाइन मौसम मापन केन्द हस्तान्तरण

बुद्ध पावर कम्पनीद्धारा अनलाइन मौसम मापन केन्द हस्तान्तरण

Oct 12th, 2019

काठमाडौ, बैशाख ९ 
बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाइन मौसम मापन केन्द्र , उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि एक अध्ययन रिपोर्ट उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई सोमबार हस्तान्तरण गरेको छ ।
बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायीक मौसम मापन स्थल (केन्द्र) पहिलो उन्नत वाय’ तथा सौर्य उर्जा स्थल (केन्द्र) विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थल (केन्द्र) ले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धि जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ । मौसम मापन स्थल (केन्द्र) र उन्नत वायु तथा सौय (केन्द्र) मुस्ताङ जिल्लाको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उन्नत वायु तथा सौय (केन्द्र) ले प्रहरी कार्यालयलाई प्रसस्त पुग्ने विजुली उत्पादन गरिरहेको छ र हालसम्म कुनै समस्या आएको छैन । त्यसैगरी मौसम मापन स्थल (केन्द्र) सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धि रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र स्पेनमा रहेको कम्प्युटरमा संकलन भइरहेको छ । हालसम्म उक्त स्टेसनले निरन्तर रुपमा मौसमसम्बन्धि वास्तविक जानकारी दिँदै आएको छ । उन्नत वायु तथा सौर्य उर्जा केन्द्रमा १८ महिनाको परिक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूलासाना यस्ता परियोजना सञ्चालन गर्न सकिने कम्पनीको भनाई रहेको छ । मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वाय’ तथा सौर्य र भौगर्भिक उर्जा मार्फत बिजुली उत्पादन गर्न सकिन्छ । साथै, बुद्ध पावर कम्पनीले प्राविधिक तथा व्यवहारिक अध्ययन मार्फत तयार पारेको मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि प्रतिवेदनले दिर्घकालिन उर्जा विकासमा टेवा पुर्याुउने विश्वास लिएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाईन मौसम मापन केन्द्र बनाउन तयार रहेको समेत बताएको छ । यसले अर्को १२ महिनामा दिएको रिर्पोटको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाट स्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने कम्पनीको भनाई छ । मौसम मापन केन्द्रले दिने डाटाबाट सबैलाई सहज हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा यस्तै अन्य परियोजना अगाडी बढाउन नेपाल सरकारले कम्पनीलाई अनुमति दिएमा परीयोजना संचालन गर्न तयार भएको बताएको छ ।