• गृहपृष्ठ
  • सामसङकोे ग्यालेक्सी ए२० नेपाली बजारमा

सामसङकोे ग्यालेक्सी ए२० नेपाली बजारमा

Oct 12th, 2019

काठमाडौ बैशाख ४ 
उत्कृष्ट इनोवेशनका साथ सामसङले ग्यालेक्सी ए२० नेपाली बजारमा प्रस्तुत गरेको छ । यो फोन यस वर्ष ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो स्मार्ट फोन हो । ग्यालेक्सी ए२० अर्थपूर्ण आविष्कारका साथ बजारमा प्रस्तुत गरिएको छ, यसले वास्तवमै उत्कृष्ट कार्य प्रदर्शन गर्ने कम्पनीले विश्वास लिएको बताएको छ । 
ग्यालेक्सी ए२०मा उत्कृष्ट डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, नेक्स्ट–जेन इन्फिनिटी–भी डिस्प्ले तथा चाडो चार्ज हुने शक्तिशाली चार हजार मेगाहर्जको व्याट्रि रहेको छ । उत्कृष्ट अनुभव प्रदान गर्ने यस स्मार्टफोन ग्यालेक्सी ए२० मा आजका जिन जेड उपभोक्ताहरुलाई आवश्यक पर्ने सम्पूर्ण कुरा रहेको कम्पनीले जनाएको छ । आजकाल स्मार्टफोन, कन्टेन्टको मजा लिने सबैभन्दा महत्वपूर्ण साधन बन्न पुगेको छ । ग्यालेक्सी ए२० मा शानदार भ्यूईङ्ग एक्स्पीरियन्सको लागि ६.४ इन्चको एचडी प्लस इन्फिनिटी–भी डिस्प्ले रहेको छ । यसका साथै यसमा सुपर एमोलेड प्रविधि, इमर्सिव भिडियो भ्यूईङ्गको लागि बेस्ट कलर रिप्रोडक्शन रहेको छ । यसको  क्यामरा पनि निकै राम्रो रहेको कम्पनीको भनाई रहेको छ । साथै यसमा भएको १३ मेगापिक्सलको प्राइमरी लेन्सले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिने सुविधा प्रदान गर्दछ । सामसङको अन्तरिक अनुसन्धान अनुसार, उपाभोक्ताले हरेक हप्ता सामाजिक सञ्जालका साइटहरुमा १५८ मिनेट तथा मोबाइलमा खेल खेल्न २०६ मिनेट बिताउने गरेको पाइएको छ । त्यसैले स्मार्ट फोनमा शक्तिशाली ब्याट्रीको आवश्यकता हुन गएको छ । ग्यालेक्सी ए२०मा यूएसवी टाइप सी कनेक्टिभिटिका साथ १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले तुरुन्तै चार्ज गर्न सकिन्छ । साथै यसमा एक्जीनस् ७८८४, अक्टाकोर प्रोसेसर रहेको छ, यसमा ३ जिबि ¥याम तथा ३२ जिबि इन्टर्नल मेमोरि रहेको छ । यसले गर्दा गेमिङ्ग, भिडियो, मल्टी टास्किङ्ग तथा ब्राउजिङ्गको लागि ग्यालेक्सी ए२० उपयुक्त डिभाइस बन्न पुगेको कम्पनीको भनाई रहेको छ । ग्यालेक्सी ए२० लेटेस्ट एन्ड्रोइड पाई तथा सामसङ वान यूआईको साथ बजारमा उपलब्ध छ, जसका कारण उपभोक्ताले स्मार्ट फोनको भरपूर अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी रहेको छ । ग्यालेक्सी ए२० को नेपाली बजार मूल्य २० हजार चार सय ९० रुपैयाँ रहेको छ । यो सुनौलो, नीलो र कालो गरी ३ आकर्षक रंगमा उपलब्ध रहेको छ । ग्यालेक्सी ए२० गत चैत्र २७ बाट नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।