• गृहपृष्ठ
  • अभनिश डिष्टिलरीद्धारा एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री सुरु

अभनिश डिष्टिलरीद्धारा एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री सुरु

Oct 12th, 2019

काठमाडौं, चैत २२
अभनिश डिष्टिलरी प्रा. लि.ले बहुप्रतिक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण काठमाडौंमा शुरु गरेको छ । व्यापार बजार तथा उपभोक्ताहरुमाझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने अन्य उत्पादनहरुमा नपाइने बताइएको छ । 
यस कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो । उनी भन्छन् “एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।”उनका अनुसार एम्पेरर २४ क्यारेटविशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार गर्नुभएको हो । कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो । डबल फिल्ट्रेशन गरी सतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरिएको हो । “बजारमा उपलब्ध थुप्रै किसिमका उत्पादनको तुलनामा एम्पेरर २४ क्यारेट निकैे राम्रो हुनुमा यसमा प्रयोग गरिएको उच्च गुणस्तरको कच्चा पदार्थ हो । 
साथै स्कटल्याण्डका विशिष्ट मास्टर ब्लेण्डर तथा डिष्टिलरीहरुसँगको हाम्रो सहकार्यले पनि एम्पेरर २४ क्यारेटलाई विशिष्ट श्रेणीको स्थानमा नेपाली बजारमा ल्याउन सफल भएका छौँ ।” एम्पेरर २४ क्यारेटको भरपुर आनन्द लिनका लागि निट अथवा केवल दुईवटा बरफको टुक्रा राखेर पिउनुपर्ने यस कम्पनीका प्रवक्ता बताउँछन् ।७५० मि. लि. एम्पेरर २४ क्यारेटको बजार मूल्य रु. १२०० तोकिएको छ ।