• गृहपृष्ठ
  • एनसेलको खुद्राबिक्रेतालक्षित ‘एनसेल सुपर सेलर’ योजना

एनसेलको खुद्राबिक्रेतालक्षित ‘एनसेल सुपर सेलर’ योजना

Oct 12th, 2019

काठमाडौं, चैत ७
एनसेल प्राइभेट लिमिटेडले आफ्ना देशैभरि रहेकाखुद्राबिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजनाल्याएको छ । यस योजनाअन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहारस्वरुप कार, युरोप भ्रमण र आइफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन् ।
यो योजना चैत १ गतेबाटलागू भएको एनसेलले जनाएको छ  । साथै यो योजना आगामी १० महिनासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यस योजनामा सामेल हुनकालागिखुद्राबिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिदबिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारकाआधारमाअंकजम्मागर्दै गई निश्चितअंक सङ्कलनगर्नुपर्दछ । यस योजनाअन्तर्गत खुद्राबिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमाआफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्राबिक्रेताहरुले निश्चितअंक सङ्कलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आइप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटपलगायतकाविभिन्नउपहारहरु जित्न सक्नेछन् । ‘एनसेल सुपर सेलर’ योजनालागू भएको छ महिनापश्चात्खुद्राबिक्रेताहरुले आफूले सङ्कलन गरेकाआवश्यकअंककाआधारमाउपहार दाबीगर्न सक्नेछन् । यस योजनामा सहभागिताजनाउनकालागिखुद्राबिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एपबाट खरिद गरेको हुनुपर्नेछ । यस योजनाको चार समूहअन्तर्गत खुद्राबिक्रेताहरुले तीन हजार सात सयभन्दा बढी उपहारहरु जित्नेछन् । साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १० हजार खुद्राबिक्रेताहरुलाई पनिएनसेल गिफ्ट ह्याम्पर प्रदानगरिने कम्पनीले जनाएको छ ।