• गृहपृष्ठ
  • अमेरिकी ब्राण्डको ‘क्लिभल्याण्ड’ बाइक नेपालमा सावजानिक

अमेरिकी ब्राण्डको ‘क्लिभल्याण्ड’ बाइक नेपालमा सावजानिक

Oct 12th, 2019

काठमाडौं, चैत ५
चर्चित अमेरिकन ब्राण्डका ‘क्लीभल्याण्ड’ मोटरसाइकलको नेपाली बजारमा बिक्री–वितरण सुरू भएको छ । उक्त ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता आजु मोटर्स रहेको छ ।
काठमाडौंको पानीपोखरीस्थित शोरूमबाट उक्त मोटरसाइकल बिक्री भइरहेको आजु मोटर्सका प्रमुख प्रश्रय राजभण्डारीले बताए । तीन लाख पचास हजारदेखि छ लाखसम्म रूपैयाँ पर्ने यस ब्राण्डका मोटरसाइकल विभिन्न क्षमता तथा डिजाइनमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।