• गृहपृष्ठ
  • मलेसियामा छोटो गन्तब्यका रुपमा नेपालको प्रबद्र्धन

मलेसियामा छोटो गन्तब्यका रुपमा नेपालको प्रबद्र्धन

Oct 12th, 2019

काठमाडौं, चैत ४
मलेसियाको राजधानी क्वालालम्पुरमा मार्च १५ देखि १७ सम्म आयोजित माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपालको सफल सहभागिता रहेको छ । नेपाल पर्यटन बोर्डको संयोजनमा र ८ निजी क्षेत्रका पर्यटन ब्यवसायीहरुको सहभागितामा नेपालको तर्फबाट मेलामा भएको थियो । 
नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो । मेलाको आकर्षणको रुपमा नेपाली स्टल परम्परा र आधुनिकताको संमिश्रण गरिएको थियो । 
स्टलमा आउने जिज्ञासुहरुले आगामी सत्रमा नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरु, प्रमुख क्षेत्रहरु साथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्ध विषयमा जानकारी लिएका थिए । मलेसिया स्थित नेपाली दूतावासका महामहिम राजदूत श्री उदयराज पाण्डे र अधिकारीहरू समेतले नेपालको स्टलको अवलोकन भ्रमण गनर््ुभई नेपाली सहभागीहरूसँग कुराकानी गर्नुभएको थियो । सो क्रममा सहभागिहरुले कन्जुमरमा पुग्न मेला प्रभावकारी रहेको जनाउनुको साथै मलेसियालीहरु जिम्मेवार पर्यटक भएको कारण गुणस्तरमा सम्झौता नगरी खर्च गर्न सक्ने त्यसको लागि सशक्त प्रवद्र्धन गर्न जरुरी देखिएको बताइएको छ । 
काठमाण्डौं र क्वालालम्पुरका बीच नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलेशिया एयरलाइन्स, र मालिन्डो  एयरद्वारा उडानहरू गरिन्छ । मेलाको आयोजक मलेशिया एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेण्ट हो ।