• गृहपृष्ठ
  • बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

Oct 12th, 2019

काठमाडौं, चैत ३
बाल्ट्राले विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ पस्किँदै आएको छ । यसै क्रममा आफ्ना ग्राहकहरुका लागि बाल्ट्राले १ वर्ष वारेण्टी भएको पर्सनल केयर अन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्राएको छ ।

नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरुमा स्टाईलिस सिलिकन ग्रिप रहेको छ । नेपाली बजारमा बाल्ट्राका आकर्षक, टिकाउ तथा किफायती हेयर ड्रायर, हेयर स्ट्रेटनर, हेयर कर्लर, थ्रि इनवन हेयर ट्रिमर का नयाँ मोडलहरु उपलब्ध छन् । बाल्ट्रको हेयर ट्रिमरमा उच्च क्षमताको एनआई डि सी रि–चार्ज गर्न मिल्ने ब्याट्री रहेको छ । 
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविधर नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।