• गृहपृष्ठ
  • होण्डाद्धारा ‘होण्डा नेपाल ड्रिम कप’ सम्पन्न

होण्डाद्धारा ‘होण्डा नेपाल ड्रिम कप’ सम्पन्न

Oct 12th, 2019

काठमाडौं  चैत ३ 
सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले होण्डाले नेपालमा पहिलो पटक ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ च्याम्पियनसीप सम्पन्न गरेको छ ।   
अन्तर्राष्ट्रिय स्पोर्टिङ कोड, नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन, नेपाल मोटरसाइकल फेडेरेसन र एचएनडिसी सप्लेमेन्टरी रेगुलेसन २०१९ अन्तर्गत आयोजित यस च्याम्पियनसीप मोटो जिपी र बीएसबिके रेसिङ फर्माटमा आधारित थियो । उक्त फर्माट अन्तर्गत राइडरहरुलाई आफ्नो रेस स्थान अनुसार अंक दिइएको थियो र सबैभन्दा बढी अंक सङ्कलन गर्ने राइडरले शीर्ष स्थान प्राप्त गरेका थिए । च्याम्पियनसीप होण्डा सीबीआर २५० आर र होण्डा १४९–१६५ सीसी गरी दुई विभिन्न भागमा विभाजित गरिएको थियो । पहिलो राउण्डमा ३७ जना प्रतियोगीहरुको सहभागिता रहेको उक्त च्याम्पियनसीपको दोस्रो राउण्डमा ४१ जना र अन्तिम राउण्डमा २९ जनाको सहभागिता रहेको थियो । कुल तीन राउण्डमा नौ सय भन्दा बढीको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । फागुन २४ र २५ गते सम्पन्न फाइनल रेसमा उजेन बताजुले सीबीआर २५० आर अन्तर्गत फास्टेस्ट ल्याप रेकर्ड राख्न सफल भएका थिए भने १४९–१६५ सीसीअन्तर्गत राजकुमार कार्कीले फास्टेष्ट ल्याप टाइममा रेस पूरा गरेका थिए । फाइनल रेसमा उजेन बताजुले पहिलो स्थान हात पार्न सफल भएका थिए । त्यसैगरी रामविक्रम थापाले दोस्रो र विभेस श्रेष्ठले तेस्रो स्थान हात पार्न सफल भएका थिए । तेस्रो रेसबाट ५८ अंक सङ्कलन गरी विभेस श्रेष्ठ होण्डा नेपाल ड्रिम कपसिजन १ को च्याम्पियन बन्न सफल भएका थिए ।  आशिक लामा ३७ अंकका साथ उक्त च्याम्पियनसीपको उपविजेता बनेका थिए । यसका साथै विभेस श्रेष्ठ र आशिक लामाले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् । प्रतिस्पर्धात्मक १४९–१६५ सीसी विधामा राजकुमार कार्कीले पहिलो स्थान प्राप्त गरेका थिए छन,सुजय गोपालीले दोस्रो र लक्ष्मण विक्रम थापाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । ५० अंकका साथ राजकुमार कार्की १४९–१६५ सीसी विधाअन्तर्गत च्याम्पियनसीपका विजेता घोषित भएका थिए । यसै फाइनल राउण्डसँगै होण्डा नेपाल ड्रिम कप, सिजन १ सम्पन्न भएको छ ।