रुसलान गोल्ड रिजर्भ भोड्का बजारमा

Oct 12th, 2019

काठमाडौ चैत ३
जावलाखेल ग्रुपअफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ ।
भोड्काका पारखीहरुलाई बजारमा पाइरहेका भन्दा अद्वितीय अनुभुती प्रदान गर्न टेस्ट गोल्ड, फिलगोल्ड भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ । युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा म्श्रिित सुन जर्मनीबाट आयात गरिएको हो । साथै, गुणस्तरीयताको लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच आईएसओ÷आईईसि प्रमाणित ल्याबबाट परीक्षण गरिएको छ । विगत ४० वर्षदेखि भोड्काका पारखीहरुले अत्याधिक रुचाउँदै आएको रुसलान ब्राण्डको लागि सन् २०१९ नयाँ कोशेढुङ्गा भएको कम्पनीले जनाएको छ । यस वर्ष रुसलानले आफ्ना पारखीहरुका लागि प्रिमियम ब्राण्डहरु प्रस्तुत गर्दै भोड्काको विरासतलाई अघि बढाएको छ । रुसलान गोल्ड उत्पादन गर्दा चुनिएका उच्चस्तरीय कच्चा पदार्थ, उत्कृष्ट स्पिरिटहरु तथा विशुद्ध हिमालयको पानी प्रयोग गरिएको छ । देशका प्रमुख शहरहरुमा पुग्नु अगाडि रुसलान गोल्ड रिजर्भ यही महिनादेखि काठमाडौंका चुनिएका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो भोड्का ७५० मिलि, ३७५ मिलि, र १८० मिलिका बोतलहरुमा क्रमशः दुई हजार दुई सय रुपैयाँ, एक हजार एक सय रुपैयाँ र पाँच सय ५० रुपैयाँ प्रतिबोतलको दरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।