डच वातावरणविद् गोर्खा इको प्यानलमा

Oct 12th, 2019

भक्तपुर, असोज २५
डच वातावरणविद् मारिट इभलोले निर्माण सामाग्रीमा हरित क्रान्ति नाराका साथ विगत चार वर्षदेखि गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको कारखानाको अवलोकन भ्रमण गरेका छन् । वातावरणीय सुरक्षा व्यवस्थापनका विषयमा अवलोकन गर्न उनी भक्तपुरस्थित गोर्खा इको प्यानलको कारखाना पुगेका हुन् । 

गोर्खा इको प्यानल उत्पादन हुँंदा बातावरणीय प्रभावकोबारेमा उनले कारखानामा पुगेर अवलोकन गरेका थिए । इको प्यानल बनाउँंदा वातावरणमा नकारात्मक प्रभाव नपरेकोमा उनले खुशी व्यक्त गरे । कारखानाभित्र हुने आन्तरिक प्रदूषणलाई व्यवस्थापन गरी वातावरण प्रदूषण हुनबाट जोगाउन वातावरण संरक्षण टिमको गठन भएको देखेर उनले खुशी साटेका थिए । 

नेपालको वातावरण प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै उनले यसको न्युनीकरण यथाशक्य छिटो गर्नुपर्नेमा जोड दिए । उनले वातावरण प्रदूषण न्युनीकरणका लागि विद्यालय शिक्षादेखि नै ध्यान दिनुपर्ने बताए । उनले स्कुलका बालबालिकालाई नै शिक्षित बनाउन सके भविष्यमा वातावरण प्रदूषणलाई न्युनीकरण गर्न सकिने विश्वास लिए । 

गोर्खा इको प्यानलका वातावरणीय परामर्शदाता वातावरणविद् पूर्ण भैलले कारखानामा भइरहेको वातावरण प्रदूषण नियन्त्रणको लागि अवलम्वन गरेका उपायहरुबारे प्रस्तुति गरेका थिए । साथै वातावरण प्रदूषण नियन्त्रणका विविध विषयमा पनि उनले जानकारी गराएका थिए । 

गोर्खा इको प्यानल इको प्यानल उत्पादन गर्ने कम्पनी हो । इको प्यालन इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री  हो । कारखानले वातावरण प्रदूषण न्युनीकरणमा विशेष ध्यान दिई काराखानबाट निस्कने कुनै पनि खेर जाने समान खोलामा नफाली वातावरण प्रदूषण नगरेको जनाइएको छ ।