• गृहपृष्ठ
  • सीको भ्रमण ऐतिहासिक हुने औद्योगिक पार्कको विश्वास

सीको भ्रमण ऐतिहासिक हुने औद्योगिक पार्कको विश्वास

Oct 12th, 2019

काठमाडौ, असोज २५
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् । 

उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको विचार राखेका छन् । उनको विज्ञप्तिमा उल्लेख छ– ‘राष्ट्रपति सीको भ्रमण नेपाल चीन मैत्री सम्बन्धमा कोषे ढुंगा बन्ने विश्वाश नेपाल चीन मैत्री औद्योगिक पार्कको रहेको छ । विश्वको विकासको अगुवाइ गरिरहेको चीनका राष्ट्रपतिको भ्रमणले नेपालको विकासको नयाँ ढोका खोल्ने आशा एवं विश्वाश नेपाली जनताको रहेको छ ।’

चीन नेपाल औद्योगिक पार्क झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको १६ सय हेक्टरमा बन्न गइरहेको छ । मित्रराष्ट्र चीनको सहयोगमा सो औद्योगिक पार्क बन्न लागेको हो । पार्कका अध्यक्ष थापाले दिएको विज्ञप्तिमा लेखिएको छ– ‘ नेपाल चीन मैत्रीलाई नयाँ उचाईमा उठाउने कार्यमा महामहिम राष्ट्रपति सीको भ्रमणले ठोस योगदान दिने विश्वाश व्यक्त गर्दै नेपाल चीन मैत्री औद्योगिक पार्क चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई हार्दिक स्वागत गर्दछ ।’