• गृहपृष्ठ
  • ब्राउन सुगरसहित २४ वर्षीया युवती पक्राउ

ब्राउन सुगरसहित २४ वर्षीया युवती पक्राउ

Oct 11th, 2019

कैलाली, २४ असोज (रासस)

प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ । 

त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।