• गृहपृष्ठ
  • रेनल्टद्वारा प्रमुख कार्यकारी बर्खास्त

रेनल्टद्वारा प्रमुख कार्यकारी बर्खास्त

Oct 11th, 2019

पेरिस, २४ असोज (रासस/एएफपी)
 फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको शुक्रबार घोषणा गरेको छ । 

कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा जापानी अधिकारीहरुले पक्राउ गरेपछि नौ महिना अघिमात्र थिएरीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको थियो ।

कम्पनीले जारी गरेको संक्षिप्त वक्तव्यमा थिएरीलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । 

नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत क्लोटिल्ड डेल्बोसलाई प्रमुख कार्यकारीको रुपमा कार्य गर्न अस्थायी जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।