• गृहपृष्ठ
  • महाराष्ट्रमा मोदीले अक्टोबर १३ देखि १८ सम्म चुनावी प्रचार प्रसार गर्ने

महाराष्ट्रमा मोदीले अक्टोबर १३ देखि १८ सम्म चुनावी प्रचार प्रसार गर्ने

Oct 11th, 2019

मुम्बई, २४ असोज (रासस/एएनआई)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अक्टोबर १३ देखि १८ तारिखसम्म महाराष्ट्र क्षेत्रमा चुनावी प्रचार प्रसारमा लाग्नु हुनेभएको छ । 

आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उहाँले चुनावी अभियानमा सहभागिता जनाउन लाग्नुभएको हो  । 

मुम्बईमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमणका बारेमा जानकारी दिनुभएको हो ।  

पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री मोदीले अक्टोबर १३ तारिखका दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी ¥यालीमा सहभागिता जनाउनुहुने छ । 

त्यसैगरी उहाँले अक्टोबर १६ तारिखका दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्वोधन गर्ने तालिका रहेको इरानीले बताउनुभयो । 

उहाँका अनुसार अक्टोबर १७ तारिखमा भने मोदीले पुने, सतरा र वोर्लिमा हुने सार्वजनिक ¥यालीमा सहभागिता जनाउनुहुनेछ । 

त्यसैगरी अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नुहुनेछ । 

भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।