बाख्रापालक कृषकलाई महानगरको अनुदान

Oct 11th, 2019

पोखरा, २२ साउन 
पोखरा-२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा-२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले २० लाख रुपैंया महानगरले वितरण गरेको हो ।

स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यलय-२८ मा आयोजित एक कार्यक्रमका बिच बुधबार महानगरका प्रमुख मान बहादुर जिसीले सो अनुदान वितरण गर्नुभएको हो ।वितरण समारोहमा प्रमुख जिसीले अनुदान रकम जीवनस्तरको गर्जो टार्ने मात्र नभई कृषकहरुलाई व्यावसायीक बनाउन समेत उपयोगी हुने धारणा राख्नुभयो । 

कार्यक्रममा वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रा सहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकता तर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताउनु भयो । स्थानीय प्रजातीका बाख्राहरुको पालन र प्रवद्र्धनमा समेत अनुदान फलदायी हुने उहाँको धारणा थियो । पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरु आगामी दिनहरुमा समेत निरन्तर रहने बताउनुभयो । व्यावसायीक बाख्रा पालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकहरुलाई अनुदान वितरण गर्नेछ ।