• गृहपृष्ठ
  • कृषि प्रधान देशमा १३ अर्बको गेडागुडी आयात

कृषि प्रधान देशमा १३ अर्बको गेडागुडी आयात

Oct 11th, 2019

काठमाडौं, भदौ १

देश कृषि प्रधान भनिएपनि पछिल्लो समय कृषिजन्य बस्तुको उत्पादनमा विदेशी परनिर्भरता बढ्दो छ ।

निर्यात तथा ब्यापार प्रवर्धन केन्द्रका अनुसार एक वर्षमा साढे १३ अर्ब रुपैयाँको गेडागुडी आयात भएको छ ।

कृषिप्रधान देश भएपनि नेपालमा गत आर्थिक वर्ष १३ अर्ब ५२ करोड रुपैयाँको गेडागुडी आयात गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । धेरै गेडागुडी क्यानडाबाट आउने गरेको छ  । गत वर्ष क्यानडाबाट मात्र ५ अर्ब ७५ करोड रुपैयाँको गुडागुडी आयात गरिएको छ । नेपालले धेरै गेडागुडी आयात गर्ने देशको सूचिमा रुस, म्यानमार र अष्ट्रेलिया छन् । भारत पाँचौं नम्बरमा छ ।

गेडागुडीको आयात डेढ सय प्रतिशतभन्दा बढीले बढेको छ । पाँच वर्ष पहिले १ लाख ४ हजार मेट्रिक टन गेडागुडी आयात भएकामा गत आर्थिक वर्ष २ लाख ६४ हजार मेट्रिक टन आयात भएको छ । यो तथ्यांकले गेडागुडीको उत्पादनमा सरकारी कार्यक्रम प्रभावहीन जस्तै देखिएको छ ।

सेतो भटमास,  गेडा मुगी, ठूलो केराउ, मस्याङ, चना, सेतो सीमी, मास, बोडी र राजमा विदेशबाटै आउने गरेका छन् । युवाहरु कामको खोजिमा विदेशीदा देशको कृषियोगय भूमि बाझिएको छ । जसका कारण सामान्य गेडागुडीका लागि विदेशमा भरपर्नुपर्ने स्थिती आएको छ ।

 सरकारले कृषिलाई आधुनिकिरकण गर्ने र देशलाई कृषिमा आत्मनिर्भर बनाउने भनेपनि त्यो संभव भएको छैन । गेडागुडी मात्रै होइन तरकारीका लागि समेत भारतको मूख ताक्नु पर्ने स्थिती छ । बिजुलीको प्रचुर संभावा भएपनि गत वर्ष मात्तै भारतबाट २३ अर्बको बिजुली आयात भएको छ ।

ब्यापार घाटा चुलिदो छ । किनकी ब्यापार घाटा नियन्त्रणका लागि सरकारका योजनाहरु नै असफल भएका छन् ।  सरकारले समयमै ब्यापार घाटा नियन्त्रणका उपाय अवलम्बन गरेन भने देश आर्थिक जोखिममा पर्न सक्छ ।

देशबाट दैनिक १८ सयको हाराहारीमा युवाहरु कामको खोजिमा विदेश जान्छन् । यसबाट वार्षिक ७ खर्ब बराबरको रेमिट्यान्स भित्रिन्छ तर उपभोगका लागि सबै सामान भने पछिल्लो समय विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ ।

त्यसैले समयमै युवालाई स्वदेशमै काम दिने र गेडागुडी देशमै फलाउने गर्न जरुरी छ ।