• गृहपृष्ठ
  • अर्गानिक कृषि हब, रुकुमलाई बजारको खाँचो

अर्गानिक कृषि हब, रुकुमलाई बजारको खाँचो

Oct 11th, 2019

पदम श्रेष्ठ
काठमाडौं, २४ भदौ

जनयुद्धको केन्द्र रुकुमको खारालाई अर्गानिक कृषि हव बनाउन लागिपरेका युवाहरु उत्पादित कृषि उपज वजारिकरणका लागि काठमाडौंका गल्लि गल्लीमा भौतरिएर हिडिरहेका छन् । रक्सि र युरिया मल प्रतिवन्धित नमुना क्षेत्र रुकुमबाट काठमाडौं आई त्रिपुरेश्वरस्थित घरेलुमा खाद्य प्रशोधन सम्ब्न्धि तालिम लिने र उत्पादनलाई बजारिकरण गर्ने उदेश्यका साथ काठमाडौं झरेका जनयुद्धका अगुवा मध्ये रञ्जु भण्डारी र रोशन विष्टमगर पनि एक हुन् । तर ती दुई युवाहरू जनयुद्धले स्थापना गरेका उपलब्धीहरूलाई संरक्षण गर्दै आफ्नै भूमिलाई अर्गानिक कृषि फार्मको रूपमा उत्थान गर्ने  अभियानमा जुटेको छन् । 

लागुपदार्थ, रक्सी र वाताावरण माटो विगार्ने युरिया मल प्रतिवन्द गरिएको त जनयुद्ध कालमा नै हो तर युद्धकालिन परिस्थितिले अर्गानिक खेती गर्ने वातावरण नै दिएको थिएन तर हामी युवाहरूले अन्य समुदायहरूसँग मिलेर खारा व्यारेक वरिपरी ६० रोपनी जग्गामा नमूना अर्गानिक खेती थालेका छौं, विष्ट र भण्डारी एकै शव्दमा भने । दाजुभाई समेत मिलेर १२ रोपनी जग्गामा तीनसय बोट किवी, ६ रोपनीमा १ सय ५० बोट सुन्तला, ११ रोपनी जग्गामा रोजमेरीको विरूवा लगाई लटरम्म पनि फलाए । आलु, टिम्बुर, अलैंची, अदुवा, कागती, अचार खाने भाङ्ग, कालो चामल, दुध घिउ र खसी, बोका त रूकुम जिल्लाभरिकै उत्पादन हो ।

रोजमेरी विरूवाका व्यापारी कोमलकान्त सापकोटाले रोजमेरिको तेल एक लिटरको १५ हजारमा किनिदिन्छु भन्दै रूकुमको खाराभर ३० लाख रूपैयाँभन्दा बढिको विरूवा बेचे । तर तेल बनाउने बेला विरूवा व्यापारी सापकोटा गायब भएपछि रोजमेरी प्रसोधन हुन सकेन । 

हौसिएर रोजमेरी रोप्ने किसान अहिले अलपत्र अवस्थामा रहेको रञ्जु भण्डारीले बताइन् । अर्गानिक कृषि उत्पादन त भयो –जनयुद्धको केन्द्र रूकुम खारामा  तर उत्पादनले बजार नपाउँदा त्यहाँका किसानलाई मर्का परेको, उनले भनिन्, ‘सरकारले त्यसको बजारीकरणमा सहयोग गरेमा अन्य भेगका नेपालीले अर्गानिक खानेकुरा पाउँथे भने रूकुम खाराका किसानले आफ्नो उत्पादन बेचेर आर्थिक उन्नती गर्दथे ।’

प्रर्वमन्त्री लोकेन्द्र विष्टमगरका भतिजा समेत रहेका रोशन विष्ट मगरले भने, ‘सुदुरपश्चिमलाई अभाव ग्रस्त क्षेत्रको रूपमा चित्रण गर्दै आएको दशकौं वितेको छ तर त्यस भेगका उत्पादन, जडीबुटीलगायतका कृषि उपजलाई प्रसोधन र बजारीकरण गर्न सकियो भने रूकुमलगायत त्यस क्षेत्रका सबै भू–भाग समृद्ध हुन कुनै बेर लाग्दैन ।’

स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखी उद्योग खोलेमा स्थानीयले रोजगारी पाउँछन् त्यसभेगको उत्पादन बेचेर त्यहाँका नागरिक समृद्ध हुन्छन् । राज्यले यस्ता कुरामा ध्यान दिनुपर्ने उहाँको भनाई छ । तर जवजव देश भित्र अर्गानिक आलु लगायतका उपज उपज उत्पादन हुन थालदछ तवतव भारतबाट राशायनिक मलबाट उत्पादित अनाज सस्तोमा बजार भित्राईदिन्छ । फलस्वरुप स्थानिय उत्पादनले बजार लिन सकिरहेको छैन युवाहरुको कथन छ ।