• गृहपृष्ठ
  • सी चिनफिङको राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा

सी चिनफिङको राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा

Oct 11th, 2019

काठमाडौँ, २४ असोज (रासस)

सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राससलाई जानकारी दिनुभयो ।