• गृहपृष्ठ
  • प्रधानमन्त्री पत्नी राधिका शाक्य दशैंको खुशी बाड्न मानव सेवा आश्रममा

प्रधानमन्त्री पत्नी राधिका शाक्य दशैंको खुशी बाड्न मानव सेवा आश्रममा

Oct 11th, 2019

काठमाडौं, २४ असोज 
प्रथम महिला तथा प्रधानमन्त्री श्रीमती राधिका शाक्यज्युले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहाय सहयोगापेक्षी (लक्ष्मीनारायण) हरूसँग दशैंको खुशीयाली साटासाट गरेकी छन् । उनले बिहिबार आश्रममा आश्रय लिइरहेका सम्पुर्ण लक्ष्मीनाराण तथा बालगोपालहरूलाई टिका लगाई भोजन गराउनु भएको हो । साथै आश्रमको सेवालाई सहज बनाउन ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । 

कुरा काट्ने र अघि बढ्न बाधा मात्रै दिनेहरूलाई देख्दा, स्वार्थ नै स्वर्थले प्रेरित भएको झुण्डलाई देख्दा कहिलेकसो त कसैको पनि अनुहार हेरौं जस्तो लाग्दैैन । कोठाभित्रै बसौं जस्तो हुन्छ । तर जब निवास्वार्थ समाजको भलाईको लागि लागेको समुहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौं भन्ने भावना जागेर आउने भन्दै उनले मानवसेवा आश्रम आफुहरूको लागि समेत प्रेरणाको स्रोत बनेको बताईन् । देश चाडै बेसहारा रहित बन्नेमा विश्वास व्यक्त गर्दै उनले बेसहारा रहित नेपाल नेपाल सरकारको पनि प्राथमिकतामा परेको बताईन् ।