• गृहपृष्ठ
  • सिटिसी मोबाइल टीकाको दिन बाहेक हरेक दिन खुल्ने, चाडमा अफर भित्र अफर

सिटिसी मोबाइल टीकाको दिन बाहेक हरेक दिन खुल्ने, चाडमा अफर भित्र अफर

Oct 11th, 2019

काठमाडौं, असोज १८
सिटिसी मोबाइल हब सुन्धाराले दशैं टीकाको दिन बाहेक सबै दिन मोबाइल बिक्री गर्ने भएको छ । अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै दशैं तथा तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो । वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका लागि यस्तो अभियान सुरु गरिएको मोबाइल हबले जनाएको छ ।

अफर भित्र अपर सहित सञ्चालित मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । असोज पाँच गतेदेखि कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप बितरण गरिनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउनेछन् । 

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ । 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।साथै बाईवान गेट वान फ्रि अफर मेलाको आकर्षण बनेको छ ।