हुुण्डाईको हाई वे मा फ्रि चेक अप

Oct 11th, 2019

काठमाडौ, असोज १५
नेपालको लागि हुुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले  हुुण्डाई हाईवे एसुरेन्स योजना अन्र्तगत गाडिहरुको लागि फ्रि चेक अप क्याम्पआयोजना गरेको छ ।

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुुण्डाईले गाडीको फ्रि चेक अप क्याम्पस्थापना गरेको छ ।  नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यसफ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुुण्डाई गाडीको फ्रि चेक अप क्याम्पगराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । 

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड९काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार  (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक) र बिरगंन्ज (पतलैया चोक) हरुमाफ्रि चेक अप क्याम्पपोइन्टको स्थापना गरीेएको छ । यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ