• गृहपृष्ठ
  • ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजना अन्र्तगतको लक्की ड्र सम्पन्न

‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजना अन्र्तगतको लक्की ड्र सम्पन्न

Oct 11th, 2019

काठमाडौं, १५ असोज 
यूनाईटेड सिमेन्टस् प्रा.लि. को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम असोज १४ गते दिउसो २ः३० बजे काठमाडौँ त्रिपुरेश्वरको डिईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको छ । 

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुुण्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । यस अनुसार कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार विजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाउनुभयो ।