• गृहपृष्ठ
  • कोका-कोलाले चाडपर्वलाई विशेष बनाउने आमाहरुसँग उत्सव मनाउँदै

कोका-कोलाले चाडपर्वलाई विशेष बनाउने आमाहरुसँग उत्सव मनाउँदै

Oct 11th, 2019

काठमाडौं, १४ असोज 
 “शेयर अ कोक” को स्थानीयकृत रुप “मन खोलौं कोकसँग” को चौथो संस्करण जारी गर्दै यस पटक कोका-कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।  

यस वर्ष कोका–कोलाले “माइ मम् मेक्स् माइ दशैं स्पेशल भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको कम्पनीले जनाएको छ । आमाको उपस्थीति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ  । दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उहाँको माया हो ।  

आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका-कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ ।

यसका अतिरिक्त, यो सन्देश कोका-कोला नेपालको हालको टिभी कमर्सीयलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ । उक्त कमर्सीयलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरीहरु आफ्नै संसारमा मस्त छन् । तर, कोकको सानो स्मरणका कारण बच्चाहरुले दशैंको सम्पूर्ण कामहरु आफै गरेर आमालाई आश्चर्य बनाउदै सुन्दर इशारा देखाएका छन् ।

यो अभियानका बारेमा कोका-कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भन्नुभयो, “यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेका छौं । कोका-कोलाले तपाईको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्दछ । 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भन्नुभयो, “कोका-कोला नेपालले सधैं सम्बन्धहरुको हर्ष मनाउदै आइरहेको छ । यो वर्ष हामीहरुले सधाझैं दशैंलाई विशेष बनाउने हाम्रा आमाहरुका साथ मनाउदै छौं । हामी कोका-कोलाले सदैव उपभोक्ताहरुलाई कदर गर्दै आइरहेका छौं, र यो नयाँ लेबलले उपभोक्ताहरुलाई सम्बन्ध मज्बुत बनाउन प्रत्सोहान गर्नेछ र उनीहरुले कोकमार्फत आफ्नासँग मन खोल्नेछन् भन्ने आशा गरेका छौं ।” 

कोका-कोलाले भाट-भटेनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा छिट्टै ग्राउण्ड एक्टीभेसनको माध्यमबाट नयाँ लेबल ल्याउदैं छ । एक्टिभेसनमा कस्टुमाइज्ड लेबल हुनेछ र उपभोक्ताहरुले आफ्नो आमाका लागि व्यक्तिगत (पर्शनलाइज्ड) म्यासेज लेखि प्रिन्ट गर्न सक्ने कम्पनीले जनाएको छ ।