• गृहपृष्ठ
  • जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Oct 11th, 2019

काठमाडौं, १४ असोज 
जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईबिएल एस क्यापिटल लिमिटेड नियुुक्त भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । जनरलको अधिकृत पूँजी दुुई अर्व, जारी पूँजी एक अर्व र चुक्ता पूँजी ७० करोड रुपैैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुुने कम्पनीले जनाएको छ

वि.सं २०६३ अन्तर्गत २०६४/०८/१० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७४/१०/२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको कम्पनीले २०७४/०३/०६ गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोबारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाडौंमा रहेको छ ।

कम्पनीले कारोबार शुरु गरेको  छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाडौं उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्राम, फसाििटकर, भुमहीमा काठमाडौं उपत्यकाभित्र कालिमाटि, महाराजगंज चावहील, न्यूरोड, नयाँ बानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखा कार्यालय र १० तेश्रो पक्षबीमा काउण्टरमार्फत् बीमा सेवा प्रदान गरि रहेको जनाएको छ ।