• गृहपृष्ठ
  • हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक

Oct 11th, 2019

काठमाडौं, १४ असोज
गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रा.लि.ले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ । 
यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिम स्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइआइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको र वर्षैँ देखि ग्राहकहरुमाझ विश्वासिलो ब्राण्डको रुपमा स्थापना भएको र यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

यो योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । चाडै गर्नुहोस उत्कृष्ट ब्राण्डको होम अप्लाएन्सका साथमा हात खाली नजाने यो योजनामा सहभागी हुन कम्पनीले अनुरोध गरेको छ ।