• गृहपृष्ठ
  • १९ जलविद्युत आयोजनाको सेयर मूल्य १ सय भन्दा कम , यि हुन् जनताको लगानी डुबाउने कम्पनी ( सूचिसहित )

१९ जलविद्युत आयोजनाको सेयर मूल्य १ सय भन्दा कम , यि हुन् जनताको लगानी डुबाउने कम्पनी ( सूचिसहित )

Oct 11th, 2019

काठमाडौं, , १३ असोज
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरुमध्ये १९ वटा कम्पनीको सेयर मूल्य १ सय भन्दा कम छ । १ सय रुपैयाको लगानीमै सर्वसाधारणले ४८ रुपैयाँसम्म नोक्सानी बेहोरेको देखिन्छ । घट्दो क्रममा रहेको सेयरबजारबाट अहिले धेरैले नोक्सानी खेपिरहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढि नोक्सानी जलविद्युत लगानीकर्ताले भोग्नु परेको छ । 

सर्वसाधारणबाट  लगानी जुटाउन चाहने कम्पनीहरुले अहिले सेयर जारी गर्ने गर्छन् । यसरी निष्काशन हुने प्राथमिक सेयरको मूल्य १ सय रुपैयाँ तोकिएको छ । तर सेयरबजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सय भन्दा पनि तल ओर्लिएको छ । 

नियमनकारी निकाय नभएका कारण यसअघि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीहरुले आयोजनाको लागत नै गलत देखाएर सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गरे  । जसअनुरुप प्रतिफल भने दिन सकेनन् । जसका कारण नै अहिले जलविद्युत आयोजनाका लगानीकर्ताले नोक्सानी खेप्नु परेको हो ।

युनिएन हाइड्रोपावर र नेशनल हाइड्रो पावरको सेयर निष्काशन हुँदा सर्वसाधारणले प्रतिकित्ता १ सय रुपैयाँ तिरेर किनेका थिए । तर, अहिले यि कम्पनीको मूल्य ५२ रुपैयाँ मात्रै छ । अर्थात लगानीकर्ताले  एक कित्तामै ४८  रुपैयाँ सम्म नोक्सानी बेहोर्नु परेको छ ।  

जलविद्युत आयोजना निर्माणका क्रममा ७० प्रतिशत बैंकबाट ऋण लिन पाइन्छ भने ३० प्रतिशत प्रवर्धकहरुको लगानी हुनुपर्छ । यस्तो  ३० प्रतिशतको  २५ प्रतिशतसम्म उनिहरुले सेयर निष्काशन गर्न सक्छन् । स्वपुजी अर्थात इक्वीटी बढाईचढाई देखाउने र सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गर्ने गरिएको छ । त्यसैगरि यस्तो जनाबाट संकलित रकमबाट सोहि कम्पनीको नाममा अर्काे आयोजनामा पनि लगानी गर्ने गरिएको छ । जसका कारण पनि कम्पनीहरुले सर्वसाधारण लगानीकर्तालाई प्रतिफल दिन सकेका छैनन् ।

पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डले आयोजनाको लगानी वास्तवी हो वा होइन भनेर अध्ययन नगरि सेयर निष्काशनका लागि अनुमति दिने गर्छ । जसका कारण पनि यस खालको समस्या सिर्जना भएको हो ।

क्रम संख्याकम्पनीप्रतिकित्ता सेयर मूल्य ( रुपैयाँमा)
आँखु खोला जलविद्युत५५
अरुण भ्याली हाइड्रोपावर९६
बरुण हाइड्रोपावर८९
छ्याङ्दी हाइड्रोपावर८९
दिव्यश्वरी हाइड्रोपावर५६
घलेम्दी हाइड्रोपावर६४
जोशी हाइड्रोपावर५७
कालिका पावर७६
खानीखोला हाइड्रोपावर५८
१०माउण्टेन हाइड्रो नेपाल८०
११नेश्नल हाइड्रोपावर५२
१२नेपाल हाइड्रो९१
१३ङ्यादी ग्रुप पावर९९
१४पञ्चकन्यामाई हाइड्रोपावर८७
१५पाँचथर पावर९२
१६रिडी हाइड्रोपावर८२
१७सिनर्जी पावर डेभलपमेन्ट६७
१८युनियन हाइड्रोपावर५२
१९युनिभर्सल पावर७७