• गृहपृष्ठ
  • ‘फोन–पे’ मा मर्चेन्टको संख्या ५० हजार नाघ्यो, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्वजनिक

‘फोन–पे’ मा मर्चेन्टको संख्या ५० हजार नाघ्यो, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्वजनिक

Oct 11th, 2019

काठमाडौं, ११ असोज 
‘फोन–पे’ ले पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । ‘फोन–पे’ मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे नटेवर्क , बैंक , ग्राहक र  मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको कम्पनीले जनाएको छ । ‘फोन–पे’ मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । ‘फोन–पे’ ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गरिरहेको कम्पनीले जनाएको छ । 
५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी ‘फोन–पे’ प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले १ हजार रुपैयाँ, २ जना मर्चेन्टले ५ हजार रुपैयाँ, १ जना मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा ‘फोन–पे’ मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइने कम्पनीले जनाएकाे छ । 

 धेरै व्यवसायीहरूले ‘फोन–पे’ का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् । ‘फोन–पे’ का अफर फोनपेको वेभ पेज मार्फत हेर्न सकिन्छ । साथै ‘फोन–पे’ नेटवर्कका मोबाईल बैकिङ मार्फत समेत जानकारी लिन सकिन्छ । ‘फोन–पे’ ले निकट भविष्यमै अफर एप्स सार्बजनिक गर्दैछ । जहाँ चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक पर्ने जानकारीहरू समावेश गरिनेछ ।