• गृहपृष्ठ
  • वित्तीय क्षेत्रमा पुर्नकर्जाको उपयोग बढ्यो, सहुलियत कर्जा अन्तर्गत १७ हजार दुई सय ऋणीको ३२ अर्ब १९ करोड कर्जा बक्यौता

वित्तीय क्षेत्रमा पुर्नकर्जाको उपयोग बढ्यो, सहुलियत कर्जा अन्तर्गत १७ हजार दुई सय ऋणीको ३२ अर्ब १९ करोड कर्जा बक्यौता

Oct 10th, 2019

काठमाडौ, असोज २३
वित्तीय क्षेत्रमा पुर्नकर्जाको उपयोग बढेको छ । नेपाल राष्ट्र बैंकको एक आर्थिक बर्षको प्रतिवेदन अनुसार उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग बढेको हो । 

प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्ममा केन्द्रिय बैंकको २२ अर्ब ४१ करोड पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १९ अर्ब ३१ करोड र निर्यात पुनरकर्जा ८६ करोड ६१ लाख उपयोग भएको छ । भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ असार मसान्तमा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म यस्तो कर्जाको उपयोग एक हजार पाँच सय ७८ जना ऋणीले उपयोग गरेका छन् । 

प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्ममा “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १७ हजार दुई सय तीन जना ऋणीको ३२ अर्ब १९ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ एक हजार ९२ ऋणीलाई ६३ करोड २० लाख कर्जा प्रवाह भएको छ ।