• गृहपृष्ठ
  • राजनीतिक आडमा आएको नेतृत्वले वायुसेवा निगम संकटमा, स्वार्थ समूहको दवदवा कायमै

राजनीतिक आडमा आएको नेतृत्वले वायुसेवा निगम संकटमा, स्वार्थ समूहको दवदवा कायमै

Oct 8th, 2019

काठमाडौं, २ असोज 
नेपाल वायुसेवा निगमको सुधारका लागि गठित कार्यदलले निगममा आएका उच्च पदस्थ अधिकारीहरु राजनीतिक आडमा आएका  र उनिहरुसँग व्यवसायीक क्षमता नभएकाले निगम आर्थिक संकटमा  परेको  निष्कर्ष निकालिएको छ । साथै प्रतिस्पर्धि कम्पनीहरुले नेर्तत्व तहमा रहेकालाई प्रभावमा पारेकाले पनि  निगमको आर्थिक अवस्था कमजोर भएको रिपोर्टमा उल्लेख छ । साथै नेपाल वायुसेवा निगम  ६ वटा चिनीयाँ जहाज र एयरबस ३३० को सहि रुपमा सञ्चालन हुन नसकेका कारण निगम आर्थिक संकटमा परेको निष्कर्ष निकालेको छ ।

निगमले चीनबाट ल्याएका ६ वटा मध्ये अहिले २ वटा जहाज नउडि बसेका छन् । चिनीयाँ जहाजको मर्मत तत्काल नहुने र यी बिमानको बिमा  प्रिमियमका लागि हुने खर्च पनि अन्य बिमानको भन्दा उच्च भएको अध्ययन समितिका अध्यक्ष शुसिल घिमीेरे बताउँछन् । उनले भने ‘ चिनीयाँ जहाजको प्रिमियम अन्य बिमानको भन्दा उच्च त छदैछ, बेलाबेलामा बिग्रने यि जहाजको समयमै मर्मत हुदैन र गर्दा पनि उच्च खर्च लाग्ने गरेको छ ।’ 

एयरबस ३२० को व्यवसाय  राम्रो भएपनि नयाँ दुई जहाज ३३० को व्यवसाय भने राम्रो नरहेको रिपोर्टमा उल्लेख गरिएको छ । नयाँ ल्याइएका दुई विमान ३३० अकुपेन्सी राम्रो रहेका गन्तब्यमा उडान गर्न नसकेकाले पनि निगम घाटामा गएको निष्कर्ष निकालीएको छ । साथै राम्रो अकुपेन्सी रहेका गन्तब्यमा उडान गर्नका लागि तत्कालै प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव छ ।

साथै  निगमलाई कम्पनीमा रुपान्तरण गर्नुका साथै रणनीतिक साझेदार समेत तत्काल खोज्न सुझाव  दिएको छ । निगमका उच्च पदस्थ कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्नुका साथै हवाईजहाज मर्मत र कार्गाे सम्मका व्यवसाय  सञ्चालन गर्न कार्यदलले सुझाव दिएको छ ।

यस अघि पनि अध्ययनहरु नभएका होइनन् तर रिपोर्टका सुझाव भने कार्यान्वयनमा आएका छैनन् । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्यदलको रिपोर्ट बुझ्दै यसलाई कार्यान्वयनमा लाने बताएका छन् ।