• गृहपृष्ठ
  • महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

Oct 8th, 2019

काठमाडौं, १ असोज
नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गर्नुभएको महासंघले जनाएको छ । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुनुभएको थियो । खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिनु भएको थियो ।

पद वहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुँदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिनुभयो । 

पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।