एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

Oct 8th, 2019

काठमाडौं, १ असोज
एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जस अन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।  असोज १ गते देखि लागु हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेको र यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधी रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्दहुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमातयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।  ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधी अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ माथप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजालिन सक्ने छन् । 

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५  प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्छन् ।

यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ मा खरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् । मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनिल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् । हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ माएनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमाभएका डेटा भोल्युमको समयावधि सात दिनको हुनेछ ।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिदगर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन् । आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम मेरो प्लान ल्याईएको हो ।

यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेकमहिना स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित रु २.५४ र एसएमएस सेवा कर सहित प्रति एसएमएस रु १.२८ माप्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजना  लागु भएको दिन देखि ३ महिनाको लागि मान्य हुनेछ ।