• गृहपृष्ठ
  • सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ न यति न उति सिधै लखपति” योजना सार्वजनिक

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ न यति न उति सिधै लखपति” योजना सार्वजनिक

Oct 8th, 2019

काठमाडौं, १ असोज 
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६  न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २ सय रुपैयाँ बराबरको मोबाइल टप अप जित्न सक्ने र साप्ताहिक रुपमा १ जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्र मा विजयी हुने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६ न यति न उति सिधै लखपति” अफर असोज १गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएको छ ।