• गृहपृष्ठ
  • सेरामिक्सको माटो देशमै छ, तर भारत र चिनबाट हुन्छ वर्षेनि आयात

सेरामिक्सको माटो देशमै छ, तर भारत र चिनबाट हुन्छ वर्षेनि आयात

Oct 8th, 2019

काठमाडौं, १ असोज
देशभित्रै सेरामिक्सको भाडा बढाउनका लागि माटो उपलब्ध भएपनि प्रशोधन गर्न नसक्दा वर्षेनि चीन र भारतबाट यसको माटो आयात हुने गरेको छ । लस्सादार माटो सेरामिक्स उद्योगको लागी आवश्यक हुन्छ । यस्तो माटो दाङमा पाईने भएपनि प्रशोधन केन्द्र नभएका कारण   माटो भारत बाट समेत ल्याउनु पर्ने बाध्यतामा व्यवसायीहरु छन् ।

सेरामिक्समा प्रयोग हुने माटोको आयातमा कुल आयातको  भारत बाट ८६ प्रतिशत अर्थात् ९ दशमलव ९ करोडको हुन्छ  । र ,चीनवाट १३ प्रतिशत अर्थात् १ दशमलव ५ करोडको रहेको छ । साथै देशमा सेरामिक्सका सामान उत्पादन गर्ने उद्योगहरु आवश्यक मात्रामा स्थापना गर्न नसक्दा वर्षेनि देशबाट १० अर्ब  रुपैयाँ बाहिरिने गरेको छ । सेरामिक्सको माटो नेपालमै उपलब्ध हुने भएको भएपनि उद्योग नभएका कारण विदेशबाट सामान आयात गर्नुपर्ने बाध्यता छ ।

निकासी तथा प्रवर्धन केन्द्का अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मात्र कूल  १० अर्व २ करोड रुपैयाँको  सेरामिक्स नेपालमा आयात भएको छ । जुन आर्थिक वर्ष २०७४/७५ मा कूल ८ अर्व ३२ करोडको सेरामिक्स आयात भएको थियो ।   यो आयात  अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।

नेपालमा सेरामिक्सको व्यवसायीक उत्पादन हुन थालेको  ३३ वर्ष भएको छ । निकासी तथा प्रवर्धन केन्द्का अनुसार  विगत १० वर्षमा सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर भने २७ प्रतिशत रहेको छ । नेपालको सेरामिक्स उत्पादनले नेपाली बजारको दश प्रतिशत मात्रै माग धान्छ ।

नेपालको सेरामीक्स बजारमा भारत बाट मात्र ८ दशमलव ६ अर्व अर्थात् कुल आयातको ८४ प्रतिशत  सेरामीक्स आयात भएको छ । यस्तै चीन बाट १ दशमलव ४ अर्व अर्थात् कुल आयातको  १३ प्रतिशत आयात भएको छ । विगत १० वर्षको सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर २७ प्रतिशत रहेको छ ।