• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

Oct 8th, 2019

काठमाडौं, १७ असोज
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षाकार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनु भएका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

उक्त रकम स्व. विष्णुमाया बरालको छोरा तथा निजले इच्छाएको ब्यक्ति  सुर्य प्रसाद बराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख बाबुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघुबैंकिङ्क प्रमुख धुर्व्र राज घिमिरे र पोखरा २७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्तरुपमा निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम दुई लाख ७३ हजार नौ सय त्रियासि रुपैयाँ मात्र) र काज किरिया खर्च पाँच हजार मात्र समेत गरी दुई लाख ७८ हजार नौ सय ८३ रुपैयाँ दिएको बैंकले जनाएको छ ।