• गृहपृष्ठ
  • कुमारी बैंकको सातावटा शाखाहरूको एकैदिन उद्घाटन

कुमारी बैंकको सातावटा शाखाहरूको एकैदिन उद्घाटन

Oct 8th, 2019

काठमाडौं, १७ असोज 
कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन समारोह सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्तरूपमा सम्पन्न गरेका हुन् । 

यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनले गरेका हुन् । साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्तरूपमा गरेका हुन् । 

बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ । उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटिएम्,, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा तीन एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।