• गृहपृष्ठ
  • सिद्घार्थ बैंकको कमलविनायकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिद्घार्थ बैंकको कमलविनायकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Oct 8th, 2019

काठमाडौं, १७ असोज  
सिद्घार्थ बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा बुधबार आंट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ । 

कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जासम्बन्धी जानकारी दिइएको थियो । व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

देशभर एक सय ६७ वटा शाखा ( चार वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक शाखारहित बैंकिङ्ग सेवा, एक सय ८२ एटीएम र एक हजार पाँच सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।