• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको दुुई वटा नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकको दुुई वटा नयाँ शाखा सञ्चालनमा

Oct 8th, 2019

काठमाडा, असोज १६
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुई वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४८शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।