• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

Oct 8th, 2019

काठमाडौ, असोज १६
महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा यहि मिति २०७६ आश्विन १५ गते बुधबारदेखि बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । 

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।