• गृहपृष्ठ
  • दशैंको बिदामा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुल्ला रहने

दशैंको बिदामा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुल्ला रहने

Oct 8th, 2019

काठमाडौं, १४ असोज 
२०७६ सालको  नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा बिदा हुने दिनहरु २०७६ आश्विन १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरु बिहान १० बजे देखि १ बजे सम्म खुल्ला रहने छन् । काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रि.अ.विमानस्थल खुल्ला रहने छन् ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरु विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन् । शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने छन् । उक्त बिदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ ।  बेस रेट ६.२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।