• गृहपृष्ठ
  • सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्री द्धारा सम्मान

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्री द्धारा सम्मान

Oct 8th, 2019

काठमाडौ, असोज १३
सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरेकाछन । 

समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानव सेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । सिटी एक्सप्रेसले रेमिटयान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आवद्ध रहेकाछन ।